प्रधानन्यायाधीश सिफारिस गलत भयो : सुशीला कार्की

दार्चुला । संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति राख्नुभएको छ ।

उहाँले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै रोष प्रकट गर्नुभयो । संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश समेत रहेक वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उहाँको तर्क छ ।

‘यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा रु,’ कार्कीले प्रश्न गर्दै भन्नुभयो, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उहाँको भनाइ छ।

उनले आफू प्रधानन्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोचि निर्णय लिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?