दार्चुला । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

प्रवक्ता झाका अनुसार आइतबार साँझ ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । रास्वपाले सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेको छ ।

प्रवक्ता झाले दिएको जानकारीअनुसार बैठकका लागि ६ वटा कार्यसूचीहरू तय गरिएका छन् । सचिवायल बैठकमा भेला, अधिवेशन विशेष तालिकाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आयोग, विभाग पदाधिकारी मनोनयनबारे छलफल हुनेछ । त्यस्तै, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक र विविध विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?