दार्चुला । गंगा दशहरा पर्वको अवसर पारेर चौथो संस्करणको ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी–२०८३’ आगामी जेठ १२ र १३ गते पवित्र चर्मण्वती (चमेलिया नदी) तट गोकुलेश्वरमा आयोजना हुने भएको छ ।

नेपाल र भारतका एक सयभन्दा बढी साहित्यकार, स्रष्टा तथा विद्वानहरूको सहभागिता रहने सम्मेलनले दुई देशबीचको साहित्य, भाषा, कला, संस्कृति, वेशभूषा तथा सभ्यताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकले लिएको छ ।

सम्मेलनमार्फत सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, मौलिक भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै नदी स्वच्छता र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

डिलासैनी गाउँपालिकाको प्रवर्द्धनमा विगत तीन संस्करण पनि यही क्षेत्रमा सम्पन्न भइसकेका छन् । अघिल्ला संस्करणहरूमा नेपाल र भारतका करिब तीन सय साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पछिल्ला तीन संस्करणबाट प्राप्त ऊर्जा र उत्साहलाई निरन्तरता दिँदै यस वर्ष चौथो संस्करण आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । सम्मेलनलाई निरन्तर सहयोग गर्दै आएको डिलासैनी गाउँपालिका बैतडीसहित सहयोगी निकायप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

सम्मेलनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण साहित्यप्रेमी तथा सर्वसाधारणमा आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?