रास्वपा दार्चुलाले पालिका अधिवेशनका लागि जिम्मेवारी तोक्यो, अनिल जोशी पार्टी प्रवेश

दार्चुला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति दार्चुलाले पालिका तथा वडा तहको अधिवेशन सम्पन्न गराउन विभिन्न पालिकामा संयोजक तथा सहजीकरण टोलीको जिम्मेवारी तोकेको छ।

बुधबार (आज) रास्वपा जिल्ला सभापति राजेश सिंह सामन्तको सभापतित्वमा बसेको जिल्ला समिति, पालिका सभापति, वडा सभापति, पूर्व जिल्ला समिति पदाधिकारी तथा क्रियाशील सदस्यहरूको बैठकले निर्धारित अधिवेशन तालिका अनुसार वडा र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो।

बैठकले सबै सदस्यलाई सम्बन्धित वडा तथा पालिकाको अधिवेशनमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ।

निर्णयअनुसार शैल्यशिखर नगरपालिकाको जिम्मेवारी सुरेन्द्र बहादुर खडायत, राजेन्द्र पन्त र हेमन्त ओझालाई दिइएको छ। मालिकार्जुन गाउँपालिकाका लागि सुरज सिंह धामी, नरेश सिंह धामी र जानकी धामीलाई जिम्मेवारी तोकिएको छ। यस्तै, नौगाड गाउँपालिकामा शेर सिंह ठगुन्ना, देव सिंह ठगुन्ना र राजेन्द्र पन्त, मार्मा गाउँपालिकामा धिरेन्द्र सिंह विष्ट, उत्तम ठगुन्ना र सुरेन्द्र बहादुर खडायतलाई जिम्मेवारी दिइएको छ। अपिहिमाल गाउँपालिकामा लक्ष्मण सिंह रोकाय, तारा दत्त भट्ट र सुरेन्द्र बहादुर खडायत, दुहुँ गाउँपालिकामा विस्ना धामी, राम सिंह विष्ट र राम सिंह महरा तथा व्याँस गाउँपालिकामा विस्ना धामी, राम सिंह विष्ट र तारा दत्त भट्टलाई अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ। त्यस्तै महाकाली नगरपालिकाका लागि तारा दत्त भट्ट, मोहन सिंह नगारी, दान सिंह चैसिर र अनिल चन्द्र जोशीलाई जिम्मेवारी तोकिएको जनाइएको छ।

बैठकमा विद्यार्थी तथा युवा समाजसेवी अनिल चन्द्र जोशीले पार्टी प्रवेश गर्नुभएको छ। पार्टी प्रवेश गरेलगत्तै जोशीलाई अनलाइन सदस्यता वितरण गरिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?