रास्वपाले साउन तेस्रो सातादेखि जिल्लाभर ‘जनसंवाद यात्रा’ सञ्चालन गर्ने

दार्चुला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले पहिलो जिल्ला अधिवेशनपछि दोस्रो विस्तारित जिल्ला बैठक सम्पन्न गर्दै जिल्लाव्यापी जनसंवाद अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

मालिकार्जुन गाउँपालिकामा जिल्ला सभापति राजेश सिंह सामन्तको अध्यक्षतामा बसेको बैठकले साउन तेस्रो सातादेखि जिल्लाका नौवटै स्थानीय तहमा जनसंवाद यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो। जिल्ला सचिव राजेन्द्र पन्तका अनुसार जिल्ला, पालिका र वडा समितिको समन्वयमा सञ्चालन हुने उक्त अभियानमार्फत नागरिकका समस्या, गुनासा र सुझाव संकलन गरिनेछ।

बैठकले वडा तहबाट संकलित समस्या तथा सुझाव भदौ पहिलो साताभित्र जिल्ला समितिमा पेश गर्ने निर्णय पनि गरेको छ। संकलित विषयवस्तुलाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहल गर्ने रास्वपाले जनाएको छ।

त्यस्तै, मालिकार्जुन गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानमा देखिएको जग्गाधनीको गुठीसम्बन्धी समस्या सम्बन्धित निकायसमक्ष उठाई समाधानका लागि पहल गर्ने निर्णयसमेत बैठकले गरेको सचिव पन्तले जानकारी दिनुभयो।

यसैबीच, बैठककै अवसरमा मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयको उद्घाटन पनि गरिएको छ। उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

रास्वपाले जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या पहिचान तथा समाधानका लागि सम्बन्धित निकायमा प्रभावकारी रूपमा आवाज उठाउने उद्देश्यले जनसंवाद यात्रा सञ्चालन गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?