दार्चुलाकी माल्भिरा बिष्ट कैलाली डान्सिङ स्टारको ग्रान्ड फाइनलमा, उपाधिका लागि भोट अपिल

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँकी माल्भिरा बिष्ट कैलाली डान्सिङ स्टार २०८३ को ग्रान्ड फाइनलमा प्रवेश गरेकी छन्।

हाल धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएकी बिष्ट धनगढीस्थित ग्ली एकेडेमीमा कक्षा ४ मा अध्ययनरत छिन्। रोयल डान्स स्टुडियोले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा उनले अडिसन राउन्डदेखि विभिन्न चरण पार गर्दै फाइनलको यात्रा तय गरेकी हुन्।

माल्भिराले अडिसन, मेगा, कोरियोग्राफी, कल्चरल, प्रोप, फिल्मी, आफ्नै शैली, जुगलबन्दी र सेमिफाइनल लगायतका चरण पार गरेपछि फाइनलमा स्थान बनाएकी हुन्।

उनको परिवारले अडिसनदेखि फाइनलसम्म पुर्‍याउन साथ, माया, विश्वास र भोट गर्ने सबैलाई धन्यवाद दिँदै अब उपाधिका लागि पनि सहयोग गर्न अपिल गरेको छ।

परिवारका अनुसार माल्भिरालाई कैलाली डान्सिङ स्टार २०८३ को उपाधि जिताउन अन्तिम चरणमा समेत अमूल्य भोट गरिदिन आग्रह गरिएको छ।

माल्भिरालाई भोट गर्ने तरिका

१. ई–सेवा खोल्ने
२. भोटिङ एन्ड इभेन्ट्स मा जाने
३. कैलाली डान्सिङ स्टार २०८३ खोज्ने
४. भोटिङ कोड ११९ – माल्भिरा बिष्ट चयन गर्ने
५. आफ्नो भोट पूरा गर्ने

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?