नेपाली कांग्रेस दार्चुलाबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट, खुल्लातर्फ बडूपछि जोशीको लोकप्रिय मत

दार्चुला। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दार्चुलाबाट खुलातर्फ १० जनासहित कुल ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा सबैभन्दा बढी ८७८ मत ल्याउँदै दिलेन्द्रप्रसाद बडू निर्वाचित हुँदा प्रतिनिधिसभा निर्वाचन लडेका धर्मानन्द जोशी दोस्रो बढी ८०४ मतसहित निर्वाचित हुनुभएको छ। खुल्ला कलष्टरमै पुलेन्द्रबहादुर कार्की ७५२, जगदीशबहादुर पाल ६८८, हंशराज भट्ट ६७०, ललितसिंह बोहरा ६३९, अमर सिंह धामी ६२०, नरेन्द्रसिंह धामी ५५८, जगतसिंह ठगुन्ना ५५५ र हरकसिंह विष्ट ५१६ मतसहित निर्वाचित हुनुभएको छ।

यस्तै महिला खुल्ला तर्फ इश्वरी जोशी, आनन्दी पन्त, राजु अवस्थी र द्रोपती डाँगा निर्वाचित हुदा ३५ वर्ष मुनिको युवाबाट दिपक खाती र विनोद राज जोशी निर्वाचित हुनुभएको छ। यस्तै युवा महिला तर्फ विजया जोशी निर्वाचित हुँदा अपांगता तर्फ इन्द्रदेव पन्त निर्वाचित हुनुभएको छ। समानुपातिक खसआर्यतर्फ रमेश दत्त भट्ट, विरेन्द्र बहादुर कुँवर, अशोक साउँद, लोकेन्द्र सिंह लोथ्याल र ईन्द्र सिंह साउँद निर्वाचित हुनुभएको छ। यसअघि समानुपातिक महिलातर्फ जिउनी ठेकरे, तारा देवल, पारशा देवी जोशी र शान्ति देवी बम सहमतिमै निर्वाचित हुनुभएको थियो। अल्पसंख्यकमा चक्र सिंह ह्याकी, श्रमिकमा देव बडू, दलित प्रतिनिधिमा प्रेम चुनारा, समानुपातिक दलित प्रतिनिधिमा गोबर्धन कोली, द्वन्द पीडितबाट महादेव बडू र पेशागत विषय विज्ञबाट सर्पराज बडूसहित १० जना महाधिवेशन प्रतिनिधि सहमतिमै निर्वाचित हुनुभएको थियो।

सहमति र निर्वाचन दुबै प्रक्रियाबाट कुल ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएको बताइएको छ। प्रदेश अधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति तथा पदाधिकारी चयन गर्दै आजै क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ भने महासमिति पछि गठन गरिने बताइएको छ। केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि प्रदेश र जिल्ला अधिवेशन गर्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?