सुदूरपश्चिम प्रदेशसभा बैठक अझै बसेन, बजेट अन्योलमा!

सर्वोच्च अदालतको आदेशपछि सुदूरपश्चिम प्रदेशको बजेट ल्याउने विषय थप अन्योलमा परेको छ। बुधबार साँझ ५ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अन्तिम समयमा स्थगित गरी बिहीबार बिहान ८ बजेका लागि सारिएको थियो। तर, बिहान ८ बजेका लागि बोलाइएको बैठक पनि अनिश्चित बनेको छ।

अहिलेसम्म प्रदेश सभामा चहलपहल देखिएको छैन। करिब तीन महिनादेखि बजेटविहीन रहेको सुदूरपश्चिम सरकारले अघिल्लो सरकारले पेस गरेको बजेट पुनर्लेखन गरी बुधबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको थियो। तर, बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि सरकारले बुधबार बजेट ल्याउन हच्किएको थियो।

सत्तारूढ दलभित्रै मतभेद तथा अन्यौलता र विपक्षी दल कांग्रेसले बहिस्कार गर्ने बताइरहेको बेला सर्बोच्चको आदेशले थप द्विविधा सिर्जना गरेको नेताहरूको भनाइ छ।

बजेट नआउँदा प्रदेश सरकारका नियमित विकास तथा प्रशासनिक गतिविधिसमेत प्रभावित हुँदै आएका छन्। अस्पतालमा औषधी खरिददेखि कर्मचारीले तलब समेत खान नपाएको विषयले बजेट छिटो ल्याउनुपर्ने दबाब पनि छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?