दार्चुला । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउन माग गर्नुभएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको समिक्षा गर्न सचिवालय बैठकको माग गर्नुभएको हो ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले गरेको भेट, राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा प्रचण्डले ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो । यिनै विषयमा छलफल गर्न प्रचण्डले सचिवालयको बैठक माग गर्नुभएको हो ।

पार्टीको बैठकमा एउटा गर्छु भन्ने तर व्यवहार अर्कै किन गरिरहुनभएको छ भनेर प्रचण्डले ओलीलाई प्रश्न सोध्नुभएको पनि स्रोतले जनाएको छ । यसअघिको सचिवालय र स्थायी कमिटिको बैठकको निर्णय विपरीत ओलीले एकलौटी गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई ११ दिनदेखि भेट्न मान्नुभएको थिएन ।

अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?