प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अरु विषयमा भने छलफल नहुने उहाँले प्रष्ट पार्नुभयो ।
कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो।
केसीको निधनका कारण उक्त बैठक भने नबस्ने कांग्रेसले जनाएको छ।
गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको थियो। उहाँ लामो समयदेखि मधुमेह र प्रेसरबाट पीडित हुनुहुन्थ्यो ।




