ललिता निवास प्रकरणमा बाबुराम भट्टराई : शिवझैँ विष पिएर नीलकण्ठ बन्‍न तयार छु

माघ २३, २०७६ काठमाडौं : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा विक्री प्रकरणमा निर्दाेषलाई फसाउन खोजिएको टिप्पणी गरेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेपछि बोल्दै बाबुरामले यस्तो अभिव्यक्ति दिएका हुन्।  ललिता निवासको जग्गा विक्री प्रकरणमा मन्त्रिपरिषद्को निर्णय हेर्न नमिल्ने भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै बाबुरामविरुद्ध पनि मुद्दा नचलाउने निर्णय लिएको थियो। अख्तियारले १७५ जनाविरुद्ध अर्बौँ रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको भोलिपल्ट बाबुराम बोलेका हुन्।  उनले ट्‍विटरमार्फत आफ्ना भनाइ राख्दै आफू नीलकण्ठ बन्‍न तयार रहेको बताएका छन्। ‘मैले पनि असहजता महसुस गरेको छु। सुर-असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’ बन्‍न तयार छु। तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ उनले भनेका छन्।
त्यस्तै उनले देशमा अख्तियारको यो कदम स्वागत योग्य रहेको भन्दै अर्काे ट्‍विट पनि गरेका छन्। ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्‍न स्वागतयोग्य छ’, उनले भनेका छन्, ‘तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐनकानुन र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ। मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिँदा…।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?