सुदूरपश्चिम नागरिक समाजले गर्याे नयाँ नक्साको स्वागत, कालापानीबाट तत्काल भारतीय सेना हटाउन माग

दार्चुला। सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न क्षेत्रमा क्रियाशील नागरिक समाजका ४५ जना सदस्यले विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन्।

लिम्पियाधुरा क्षेत्रको कुटी, नाभी र गुन्जीका बासिन्दाले नेपाली प्रशासनअन्तर्गत राजश्व तिरेका र त्यहाँका रैतीका नाममा राणाकालमा समेत सनद, इस्तिहार जारी गरेकोले कालीको मुहान लिम्पियाधुरा रहेकोमा विवाद नभएको विज्ञप्तिमा उल्लेख छ ।

‘इस्ट इण्डिया कम्पनी र सर्भे अफ इण्डियाबाट सन् १८१६, सन् १८१९, सन् १८२६, सन् १८२७, सन् १८३०, सन् १८३४, सन् १८३५ र १८५५–५६ मा प्रकाशित सम्पूर्ण नक्साहरुमा महाकालीको मुहान लिम्पियाधुरा नै किटान गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ,’ नेपाल सरकारले लिम्पियाधुरा सम्मका गुन्जी, नाभी र कुटी गाउँहरुको वि.सं. २०१८ सालसम्म जनगणना गराएको अभिलेख हामीसँग सुरक्षित छ।’

चीन र भारतबीच सम्पन्न सन् २०१५ को सम्झौताको खारेज गर्न पनि सुदूरपश्चिम नागरिक समाजले आग्रह गरेको छ। समाजले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल तत्काल हटाउन माग गरेको अधिबक्ता कृष्ण महराले जानकारी दिनुभयाे ।

भारतीय सुरक्षाकर्मीले नेपालको सीमा क्षेत्रमा बस्ने सुदूरपश्चिमका नागरिकलाई पीडा दिएको भन्दै यस्तो कार्य बन्द गराउन पनि माग गरिएको छ।

पढ्नुहाेस सुदूरपश्चिम नागरिक समाज नेपालले जारी गरेकाे प्रेश विज्ञप्ती

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?