संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन(फोटो फिचर)

दार्चुला । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।

यस्तै दार्चुलामा पनि प्रदेश सभा निर्वाचन क्षेत्र क र ख मा नेपाली काग्रेशले विरोध प्रदर्शन गरेको छ । सरकारले गरेको असंबैधानिक र अलोकतान्त्रीक कदमका विरुद्ध काग्रेश दार्चुलाले प्रदर्शनका साथै कोणसभाको आयोजना गरेको नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: ९ जना मानिसहरू, Madan Giri सहित

विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ ।

सोही मुद्दालाई लिएर आज काँग्रेसले ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरेको जनाएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ ।

छविमा समावेश हुनसक्ने: १५ जना मानिसहरू, Lalit Singh Bohara र Pulendra Karki सहित, उभिएका मानिसहरू तथा बाहिरी

यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बन्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?