दार्चुला । अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिकाको राउलासैनामा परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा, १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा रहेका छन् ।
घाईतेमध्ये दुइ जनालाई थप उपचारका लागि धनगढी पठाइएको र पाँच जनाको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




