इजा-चेलीका भलाकुसारी (भिटौलो विशेष)

अभयराज मिश्र 

चेलीः  ढकमक्क प्यौली फुल फुल्यो काफल पाकी डाली
वसन्त आइगयो इजु झिक्क सोराइ लागी।
न्याउली बासी कुँहु कुँहु पुराई रंगी बन
झान् लाग्यो चैतको मैना भेट्टु औना कन ।

इजा: मुईअन्थ्यु चस्कन्छ खुट्टो तेर् बाबा लाई दम छ
दाई तेरो प्रदेश तिर एईसाल आएई कम छ।
तेरी बौंजु सहर बस्सी  नाति पडौनाकी
याँ पड्या नाइँ हुनो भुन्थी आगा बडौनाकी ।

चेली: नौंकलैं लायाकी इजा घर पन छिप्याकी
कामकी भोरान्दु आइगै गौं बाली टिप्याकी ।
घर मथी बोटभरीको कोइराल फुल फुल्योकी
भद भुणन्थ्यो आमा झानु आज भोल भुल्योकी ।

इजा: न घर छिप्या न नौं कलै अईल अठारकी
भुणेर कि गरौं बुवा काम का चटारकी ।
केइ खेतो मृगले खायो केइ चुट्यो डालले
खानाकी होइझालो नाना बचाया कालले ।
जन् माणे निस्वास झिक अर्खा साल औंला
चैतको भिटौलो छौना संगै बसि खौला ।

लेकम गाउँपालिका वडा नम्बर ५ नचने दार्चुला, घर भएका मिश्र हाल शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडामा वडा सचिव हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?