मालिकार्जुन जात्राका लागि शैल्यशिखर नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले राष्ट्रिय धाम श्री शैल्यशिखर मालिकार्जुन मन्दिरमा लाग्ने जात्राका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले आगामी मङ्सिर ६ गते आइतबार र ७ गते सोमबार नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवदत्त जोशीले जानकारी दिनुभयो। मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित श्री शैल्यशिखर धाममा मंसिर ६ गते शिखर पुजन जात्रा र मालिकार्जुन–३ मा अवस्थित मालिकार्जुन मन्दिरमा मङ्सिर ७ गते रात्रिकालीन जात्राको लागि नगरपालिकाले दुई दिन मंसिर ६ र ७ गते स्थानीय सार्वजनिक विदा दिएको उहाँले बताउनुभयो ।

सार्वजनिक बिदाका दिन नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द रहनेछन्। जात्रामा सहभागी हुन आउने श्रद्धालु भक्तजन तथा दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

राष्ट्रका सात धाममध्येको एक मानिने श्री शैल्यशिखर मालिकार्जुन धाम धार्मिक तथा सांस्कृतिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। यस धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर धुरामा पूजन जात्रा लाग्ने परम्परा रहेको छ। त्यस्तै, मालिकार्जुन मन्दिरमा वर्षको एक पटक कार्तिक शुक्ल चतुर्दशीका दिन ऐतिहासिक रात्रिकालीन जात्रा लाग्ने गर्दछ। जसलाई ठुली जात पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?