अपिहिमाल-५ का वडाअध्यक्ष धामी काग्रेश परित्याग गरी नेकपा प्रवेश

दार्चुला । स्थानीय तहको निर्वाचनमा अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसबाट विजयी वडाअध्यक्ष दिलिपसिंह धामीले पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका वडाअध्यक्ष धामीलाई एक कार्यक्रमका बिच शनिबार नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नेकपा जिल्ला सचिवालय कमिटि सदस्य तथा अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्याल, नेकपा अपिहिमाल गाउँपालिका कमिटि सचिब धर्मसिह धामी, नेकपा जिल्ला कमिटि सदस्य सुरेन्द्र सिह महता, नेकपा अपिहिमाल गाउँकमिटि सचिवालय सदस्य गामसिह धामी लगायत नेकपा अपिहिमाल गाउपालिका कमिटीले स्वागत गरेको नेकपा जिल्ला कमिटी सदस्य सुरेन्द्र महताले जानकारी दिनुभयो ।

नेकपाको पार्टी विधान, शिद्धान्त र वर्तमान सरकारले गरिरहेका कामहरुबाट प्रभावित भएर नेकपा प्रवेश गरेको नवप्रवेशी दिलिपसिह धामीले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?