दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका स्थानीय ४६ वर्षीय भूतपूर्प प्रहरी सहायक निरीक्षक एबं नेपाली काग्रेशका क्रियासिल सदस्य तेज बहादुर पालको अन्तिम संस्कार गरिएको छ ।

साविकको खरकडा गाबिसका नेपाल तरुण दल अध्यक्ष एबं नेपाली काग्रेशका क्रियाशिल सदस्य पालको नेपाली काग्रेश दार्चुलाले पार्टीको झण्डा ओढाएर अन्तिम संस्कार गरेको हो ।

भूतपूर्प प्रहरी सहायक निरीक्षक भएकोले नेपाल प्रहरीले समेत सलामी अर्पण गरेपछि अन्तिम संस्कार गरिएको छ ।

नेपाली काग्रेश दार्चुलाका जिल्ला कार्यसमिति सदस्य मदन गिरी, नेपाली काग्रेश शैल्यशिखर नगरसमिति सभापती मोहन साउँद, उपसभापती रामदत्त जोशी, नेपाली काग्रेश दार्चुलाका भूतपूर्व कोषाध्यक्ष महेश सिह धामी लगायतले पार्टीको झण्डा ओढाएर मृतक पालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०६६ सालमा नेपाल प्रहरीको जागिरे जीवनबाट सेवानिबृत्त भइसकेपछि नेपाली काग्रेशको सक्रिय राजनीतिमा लागेका मृतक पालको पार्टीमा महत्तपूर्ण योगदान रहेको नेपाली काग्रेश दार्चुलाका नेता मदन गिरीले बताउनुभएको छ ।

शनिबार राती करिब १२ बजेको समयमा लेकम गाउँपालिका–४ टकनाका तेजबहादुर पालको मदिरा सेवन गरेर हत्या भएको थियो । उहाँको घरमा श्रीमती, दुई छोरा र पाँच छोरी रहेका छन् ।

हत्यामा संलग्नलाई कानुन अनुसार कारबाही गर्न नेपाली काग्रेश दार्चुला र काग्रेशको भातृ संगठन नेबि संघ लेकम गाउँपालिका समितिले माग गरेको छ । अपराधीलाई सजाय र पिडितलाई न्यायको माग आफुहरुले गरिरहेको नेपाली काग्रेश लेकम गाउँपालिका समिति सभापती तुला गिरीले बताउनुभयो ।

No description available.

सम्बन्धित समाचार : भूतपूर्प असई पालको हत्यामा संलग्न रमेश पाललाई कर्तव्य ज्यान मुद्दा

लेकममा भूपू असई पालको हत्या, हत्या आरोपी भाग्दै गरेको अवस्थामा पक्राउ (भिडियोसहित)

यसैबिच हत्यामा संलग्न टकनाकै स्थानीय रमेश पाललाई पक्राउ गरेर प्रहरीले कर्तव्य ज्यानमा मुद्धा चलाएको छ । हत्यामा संलग्न स्थानीय ३० वर्षीय रमेश पाललाई कर्तव्य ज्यान अन्तरगत मुद्धा चलाएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताउनुभयो । प्रहरीका अनुसार हत्यामा संलग्न पाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । एक, दुई दिन भित्र जिल्ला सरकारी वकिल कार्यालयमा लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेज बहादुर पालको हत्या गरेको स्वीकारेको समेत श्रोतले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोले अहिले नै सबैकुरा भन्न सकिने अवस्था नरहेको सुरक्षा अधिकारीहरु बताउछन् ।

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?