दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका स्थानीय ४६ वर्षीय भूतपूर्प प्रहरी सहायक निरीक्षक एबं नेपाली काग्रेशका क्रियासिल सदस्य तेज बहादुर पालको हत्यामा संलग्न रमेश पाललाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

शनिबार राती करिब १२ बजेको समयमा लेकम गाउँपालिका–४ टकनाका तेजबहादुर पालको मदिरा सेवन गरेर हत्या भएको थियो । हत्यामा संलग्न स्थानीय ३० वर्षीय रमेश पाललाई कर्तव्य ज्यान अन्तरगत मुद्धा चलाएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताउनुभयो ।

प्रहरीका अनुसार हत्यामा संलग्न पाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । एक, दुई दिन भित्र जिल्ला सरकारी वकिल कार्यालयमा लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेज बहादुर पालको हत्या गरेको स्वीकारेको समेत श्रोतले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोले अहिले नै सबैकुरा भन्न सकिने अवस्था नरहेको सुरक्षा अधिकारीहरु बताउछन् ।

घटनाबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोस ।

यसैबिच हत्यामा संलग्नलाई कानुन अनुसार हदैसम्मको कारबाही गर्न नेपाली काग्रेश र काग्रेशको भातृ संगठन नेबि संघ लेकम गाउँपालिका समितिले माग गरेको छ । अपराधीलाई सजाय र पिडितलाई न्यायको माग आफुहरुले गरिरहेको नेपाली काग्रेश लेकम गाउँपालिका समिति सभापती तुला गिरीले बताउनुभयो ।

सम्बन्धित :-

लेकममा भूपू असई पालको हत्या, हत्या आरोपी भाग्दै गरेको अवस्थामा पक्राउ (भिडियोसहित)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?