दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ टकना गाउँमा शनिबार मध्यराती १२ बजे बिभत्स हत्याको घटना भएको छ । हत्या भएको खबर पाएलगत्तै हामी रेडियो लोकदर्पणबाट घटनाबारे बुझ्नका लागि घटनास्थलमा पुगेका थियौ ।

रिर्पोटिकङको क्रममा घटनास्थल पुगिसकेपछि लेकम गाउँपालिका–४ टकना गाउँमा स्थानीय ४६ वर्षीय भूतपूर्प प्रहरी सहायक निरीक्षक एबं नेपाली काग्रेशका क्रियासिल सदस्य, समाजसेवी तेज बहादुर पालको बिभत्स हत्या भएको अवस्थामा शव देखा परेको थियो । राती नै स्थानीयले खबर गरेपछि हामीले पुग्नुभन्दा पहिले प्रहरीटोली घटनास्थलमा पुगेर प्रमाणहरुको संरक्षणकालागि घटनास्थल सिल गरिएको थियो ।

स्थानीयहरुको भनाई अनुसार शनिबार राती १२ बजेको आसपासमा हत्या गरिएको थियो । हत्या भएको केहि समय पछि मृतकको परिवारले शब फेला परेपछि गाउँ शोकाकुल भएको थियो । पौने दुई बजे घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्रसिह पुजारा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो । विहान ७ बजेतिर ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउद नेतृत्वको टोली घटनास्थलतर्फमा पुगेको थियो ।

मृतक तेज बहादुर पालको टाउकोमा लठ्ठीले प्रहार गरि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभएको छ । आइतबार बिहान २ बजे भूतपूर्प प्रहरी सहायक निरीक्षक पाल घर भन्दा झण्डै पाँच सय मिटर टाढा टकनाका अमर पालको आगनमा मृत अवस्थामा फेला परेका थिए । स्थानीय महेश पालका अनुसार शनिबार राती सात बजेदेखि नै मदिरा सेवन गरेर मृतक पाल र स्थानीय रमेश पाल होहल्ला गरिरहेका थिए ।

राती दुबै जनाबिच आपसमा झगडा भएर हत्या भएको श्रोतको दाबी छ । संगै मदिरा सेवन गरेर होहल्ला गर्ने रमेश पाल भाग्दै गरेको अवस्थामा भारतको सीमा नजिक महाकाली नदी किनारास्थित बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेराबाट आइतबार बिहान ७ बजेतिर पक्राउ परेका छन् ।

राती नै घटनाबारे प्रारम्भिक जानकारी पाएपछि सबै प्रहरी युनिटहरुलाई ईप्रका रिठाचौपातामार्फत खबर भइसकेको थियो । हत्या आशंकामा ३२ वर्षीय रमेश पाललाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला झिकाइएको प्रहरीले जनाएको छ । घटनास्थलको सुरक्षा गरेर ईलाका प्रहरी कार्यालय गोकुलेश्वर र रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको स्पष्ट प्रमाणहरु छन् । शबको छेउमा रगत लत्पतिएको काठको लठ्ठी फेला परेको छ । भने टाउकोमा थुप्रै घाउहरु प्रष्टै देख्न सकिन्छ ।

टाउँको फुटेर रगत र गिद्धि नै बाहिर निस्कीएको छ । लठ्ठि बाहेक हत्यामा हतियार समेत प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोष्टमाटमको लागि गोकुलेश्वर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज एबं प्रहरी नायब निरीक्षक लोकेन्द्रसिह पुजाराले जानकारी दिनुभयो ।

हत्या आशंकामा पक्राउ परेका पाल र मृतक पाल दुबै जना पटकपटक संगै मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने गरेको स्थानीयहरु बताउछन् । सधै मदिरा सेवन गरेर होहल्ला गरिराख्ने भएकोले हिजो समेत स्थानीयले चासो नराखेको प्रतिक्रिया दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषिलाई कानुन अनुसार हदै सम्मको कारबाही गरिने प्रहरीले जनाएको छ । यो घटना प्रतिनिधिमुलक घटना मात्रै हो । केहि महिना पहिले लेकम गाउँपालिका वडा नम्बर ४ टकना गोदालीकै ६४ वर्षीय उद्धब बहादुर पालको पनि मदिरा सेवन कै कारण भीरबाट लडेर ज्यान भएको थियो । त्यसपछि पनि मदिराका कारण थुप्रै घटनाहरु घटेका छन् ।

विगतमा गाउँमा राम्रो स्वभाव, परिचय र इमेज भएका मृतक तेज बहादुर पाल पछिल्लो समय मदिरा सेवनकै कारण मानिसहरुको मूल्याङ्कनमा जड्याहा जस्तै भैसकेको उहाँका आफन्तहरु बताएका छन् । गाउँका आफन्त, शुभचिन्तकहरुले मदिरा सेवन नगर्न अनुरोध गर्दागर्दै पनि अत्याधिक मदिरा सेवनका कारण निकै दुखद र मर्मस्पर्शी घटना भएको छ ।

मृतकको घरमा श्रीमती, पाँच छोरी र दुई छोरा रहेका छन् । यो घटनाबाट परिवारमा अपुरणिय क्षती पुगेको त छ । परिवारको अभिभावक गुमाउदा श्रीमती र छोराछोरी लगायत गाउँमा नै रुवाबासी चलेको छ । उहाँको हत्यामा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुनुपर्छ, मृतक आवद्ध पार्टी नेपाली काग्रेश दार्चुला र लेकम गाउँसमितिले समेत घटनाको सत्यतथ्य छानबीनका लागि माग गरेको नेपाली काग्रेश लेकम गाउँपालिका सभापती तुला गिरीले बताउनुभयो । हत्यामा संलग्नले सजाय र पिडित पक्षले न्याय पाउनुपर्ने आफ्नो माग रहेको सभापती गिरीको भनाई छ ।

मदिरा निषेधित लेकम गाउँपालिकाका सबै वडाहरुमा मदिराको अबैध कारोबार तथा सेवन भइरहेको छ । यो घटनाबाट मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने र दिन दहाडै लठ्ठीनेहरुले समेत सहि बाटोमा हिड्नु आवश्यक रहेको छ । समाजलाई सहि बोटोमा डोहोर्याउन हामी सबैले चिन्तन गर्नुपर्ने आवश्यकता बढ्दै गएको युवा संघ लेकम गाउँपालिका संयोजक दिपेन्द्र पालले बताउनुभयो ।

जिम्मेवार व्याक्तिहरु नै मदिरा सेवन गरेर विभिन्न घटनामा संलग्न हुदा समेत जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत नियमनकारी निकायले कारबाही गर्नुको सट्ट उल्टै प्रतथ्य अप्रतक्ष्य रुपमा संरक्षण दिएको उहाँको भनाई छ । समाजमा मदिरा सेवन गरेर बिकृति बिसंगती फैलाउने, हिसां गर्ने मानिसहरुलाई सहि बोटोमा डोहोर्याउन युवाहरु जाग्नुपर्ने आवश्यकता रहेकोले मदिरा नियन्त्रण अभियानमा सबै मिलेर लाग्नुको विकल्प नरहेको पालले बताउनुभयो ।

सबै घटनाक्रम सम्बन्धि जानकारी सहितको भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?