दार्चुला ।  दार्चुला र बैतडीकाे सीमा भएर बग्ने चौलानी नदीमा बगेर शुक्रवार अपरान्ह बैतडीका एक बृद्धको मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका वडा नम्बर ६ का ६० बर्षीय हिरा रानाकाे चोलानी नदीमा बगेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रवार अपरान्ह ४ बजेतिर डिलाशैनी ६ स्थित बांगाबगर नजिक चौलानी नदीमा माछा मार्न गएका राना एक्कासी नदीमा बगेकाे प्रहरीले जनाएको छ । नदीमा बगेका रानालाई स्थानीयले उद्धार गरेपनि मृत्यु भइसकेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?