वडा अध्यक्ष महरा स्थानीय महिलासंगै मध्यराती होटेलबाट पक्राउ

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन् ।

शंकास्पद रूपमा भेटिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरू दुवै जनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको अधिकारिले बताउनुभयो ।

वडाअध्यक्ष महराकी श्रीमती बिमलाले उनीहरू दुवै जनालाई होटेलमा बसेको सूचना पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि प्रहरीले दुबैजनालाई पक्राउ गरेको बताइएको छ ।

शंकास्पद रुपमा भेटिएका दुवै जनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उहाँले भन्नुभयो, ‘जिल्ला ल्याइँदैँछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने प्रतिक्रिया प्राप्त भएको छ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?