भारतमा एकैदिन साढे तीन लाख सङ्क्रमित, दुई हजार ६२४ जनाको मृत्यु

दार्चुला । भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या करिब साढे तीन लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।

पछिल्लो चौबीस घण्टामा पहिचान गरएको संक्रमित महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको जनाएका छन् ।

भारतमा कोरोनाभाइरसबाट हालसम्म एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको छ भने एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

हाल २५ लाख ५२ हजार ९४० जनामा भाइरसको सङक्रमण सक्रिय अवस्थामा रहेको छ ।

हालसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?