उत्तर-प्रदेशमा कोरोना सङ्क्रमणबाट थप एक मन्त्रीको ज्यान गयो

दार्चुला । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसबाट थप एक जना मन्त्रीको ज्यान गएको छ ।

प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपको कोरोना सङ्क्रमणबाट ज्यान गएको बीबीसीले जनाएको छ ।

यसअघि उत्तर प्रदेशका मन्त्रीहरू चेतन चौहान र कम रानी वरुणको पनि कोरोना सङ्क्रमणबाटै ज्यान गइसकेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।

५६ वर्षका कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?