म्यानमारमा सेना र स्थानीयबीच दोहोरो झडप : दुई जनाको ज्यान गयो

काठमाण्डाै । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच  झडप हुँदा दुई जनाको ज्यान गएको  छ  भने एउटा गाउँ जलेर ध्वस्त भएको छ । म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको  दुई सय ४० घरमध्ये २ सय घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सैन्य शासन विरुद्ध रहेका स्थानीय गुरिल्लासँगको झडपका क्रममा सेनाले गोलाबारी गर्दा आगलागी भएको र आगलागीबाट गाउँ नै जलेको खबरमा उल्लेख गरिएको छ । गाउँ नै जल्न थालेपछि अरुले भागेर ज्यान जोगाए पनि भाग्न नसकेका दुई जना ज्येष्ठ नागरिकको भने ज्यान गएको छ ।

म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाप्रति भर्त्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको विरोध गर्नुभएको छ ।म्यानमारमा सेनाले गएको फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएको छ । यसपछि भइरहेका विरोध प्रदर्शनमा सेनाले दमन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?