भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघ्यो

काठमाण्डौ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

गएको २४ घण्टामा थप ८ सय ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।

भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?