उत्तर कोरियामा खाद्य सङ्कट बढ्दै

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तथा अनुकूल मौसम नहुँदा उत्तर कोरियामा खाद्य उत्पादन घटेको छ । एक अध्ययनअनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

केही समयअघि उत्तर कोरियाका नेता किम जोन उनले पनि खाद्य सङ्कट भएको स्वीकार गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?