दार्चुला । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ ।
अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा पाँच लाख २८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। यस्तै भारतमा चार लाख ५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।
विश्वमा अहिले २८ करोड ५८ लाख ५७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेसले कोरोना महामारीलाई नियन्त्रण गर्न अझै धेरै प्रयत्न गर्नु पर्ने बताउनु भएको छ ।
कोरोना विरुद्धको खोपको विकासले सङ्क्रमण रोकथाममा केही आशाका किरण भने देखिएको उहाँले बताउनु भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया