काठमाडौं । भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर एकैदिन २८ जनाको मृत्यु भएको छ।
भारी वर्षासँगै परेको चट्याङ लागेर सबै भन्दा धेरै प्रयागराजमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने बिबिसी हिन्दीले जनाएको छ।
चट्याङ्ग लागेर कतिपय मानिसहरु गम्भीर घाइते भएका छन् भने दर्जनौँ चौपायाहरु पनि मरेका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई जनही चार÷चार लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।प्रयागराजका अलावा कानपुर, फिरोजावाद, कौशाबीमा तथा मिर्जापुरमा चट्याङका कारण मानिसहरुको मृत्यु भएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया