टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज हुदैँ

काठमाण्डौ । विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् । कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ ।

ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गएको वर्ष कोरोनाकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?