जयसिहको न्यायका लागि प्रधानमन्त्रीलाई चार कम्युनिष्ट पार्टीको ज्ञापन पत्र

दार्चुला । दार्चुला तुइन प्रकरणको विरोध गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि राम कट्टेलको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

विज्ञप्तिमा साउन १५ गते महाकाली नदिको तुइन भारतीय सीमा सुरक्षा बलले खोलिदिएर जयसिंह धामीको मृत्यु भएको ९ दिन बितेको बताउँदै यो घटना बैमत्तापूर्ण, हस्तक्षेपकारी, अमानवीय र स्वाधीन नेपाल राष्ट्र र सार्वभौम नेपाली जनताको विरुद्धमा भएको उल्लेख गरेका छन्। सो घटना राजनीतिक र मानवअधिकारका विरुद्धको जंगली, आततायी, षड्यन्त्रमुलक भएको उनीहरुको भनाइ छ।

विगत २९ वर्षदेखि तुइन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, बेपत्ता जयसिँह धामीसँगै गएका तुइन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार एसएसबीले नियोजित रुपमा तुइनको लठ्ठा खोलिदिएको प्रमाणित हुन्छ, विज्ञप्तिमा उल्लेख छ, डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरोकारमुलक, चिन्ताजनक र असह्य विषय हो। उनीहरूले नेपाल सरकारले छिटो घटनाको छानवीन गरी अपराधमा संलग्न एसएसबीलाई हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग अनुरोध गर्न अपील गरेका छन्।

भारतीय सरकारले दोषीलाई कारवाही नगरे भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन आफूहरु बाध्य हुने बताएका छन्। यस प्रकारका घटना सीमा क्षेत्रमा बारम्बार हुने भएकाले सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति, नागरिकको स्वाभिमान र सम्मानपूर्वक बाँच्ने अवस्थाको सृजना हुने व्यवस्था तुरुन्त गर्नुपर्ने उनीहरुको माग छ।

श्रावण १५ गते बिहान ८ देखि ९ बजेको बीचमा दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नम्बर २ निबासी ३३ वर्षीय नेपाली युवा जयसिँह धामी तुइन चुँडिएर महाकाली नदिमा खसी बेपत्ता भएका थिए। उनी गाँउबाट सदरमुकाम खलंगा आउने क्रममा मालाघाट भन्ने ठाँउमा महाकाली नदी तुइनबाट तरिरहेका थिए। सोही समयमा भारत उत्तराखण्ड राज्यको पांगनमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा खोलिदिएपछि नदीमा खसेर बेपत्ता हुनुभएको छ । बेपत्ता धामीका आफन्तले मृत्यु भइसकेको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।

सायद पाठ को तस्बिर हुनसक्छ

सायद पाठ को तस्बिर हुनसक्छ

थप जानकारीका लागि घटनासंग सम्बन्धित तलका समाचारहरु पढ्नुहोस

यो पनि पढ्नुहोस : भारतीय भूमि प्रयोग गरेर आएको भन्दै छानबिन टोलीविरुद्ध मालघाटमा प्रदर्शन

यो पनि पढ्नुहोस : मालघाट पुगेको छानविन टोलीले एसएसबीसँग गरेन सोधपुछ

यो पनि पढ्नुहोस : दार्चुला तुइन प्रकरण: आरोपित एसएसबी नै छानबिन टोलीको साथी, स्थानीयद्धारा बिरोध

यो पनि पढ्नुहोस : महाकाली तुइन प्रकरण: पत्रकारलाई निषेध, मिडियामा अंकुश

यो पनि पढ्नुहोस : महाकाली तुईन काण्ड: बेपत्ता धामीको न्यायका लागि हस्ताक्षर संकलन

यो पनि पढ्नुहोस : जयसिह बेपत्ता भएको आठौँ दिन माल पुग्यो छानबिन टोली

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?