मालघाट पुगेको छानविन टोलीले एसएसबीसँग गरेन सोधपुछ

दार्चुला । दार्चुलामा तुइन तर्दै गर्दा एसएसबीकाले तार काटेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयबाट आएको टोली बिहीबार भारततर्फबाट घटनास्थल पुगेर फर्किएको छ। नेपाली छानविन समिति भारतीय एसएसबीकै सहभागिता तथा समन्वयमा भारतपट्टिको घटनास्थल पुगेर फर्किएको हो। सात दिनपछि घटनास्थल पुगेको उक्त टोलीले घटनास्थल निरीक्षण गरेको जनाएको छ। छानविन समिति पिडितका आफन्त भेट्न र घटनास्थल अवलोकन गर्न शुक्रबार (आज) हेलिकोप्टरमार्फत नेपालतर्फबाट मालगाउँ गएको छ ।

साउन १५ गते दार्चुला सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी काटिदिएपछि व्याँस गाउँपालिका–२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । बेपत्ता भएको आठ दिन वितेपनि धामी फेला पर्नुभएको छैन् । घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको टोली मंगलबार साँझ दार्चुला पुगेको थियो। बिहीबार बिहान टोली सीमावर्ती भारतीय बजार धार्चुला हुँदै घटनास्थल गस्कु–मालघाट पुगेको हो।

तर, धार्चुला पुगेको उक्त टोलीले घटनाबारे कुनै तथ्य, प्रमाण फेला परेको या नपरेको भने सार्वजनिक गरेको छैन। जयसिहले तर्दैगरेको तुईन समेत फेला परेको छैन् । यस्तै जयसिंहका आफन्तले भारतीय प्रहरी थानामा दिएको उजुरीबारे टोलीले एसएसबीसँग सोधपुछ समेत नगरेको बताईएको छ। धामी बेपत्ता भएपछि उक्त घटनाको मुचुल्का लिएर अनुसन्धान गर्नका लागि पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगासिंह धामीले उजुरीपत्र (एफआइआर) दिएका थिए।

तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको र धामी बेपत्ता भएको उक्त उजुरीमा उल्लेख गरिएको थियो। यता दार्चुला जिल्ला प्रशासनले भने त्यसबारे छलफल भईरहेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?