महाकाली तुइन प्रकरण: पत्रकारलाई निषेध, मिडियामा अंकुश

दार्चुला । एसएसबीले तुइन काटेपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएको छ।

नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको पत्रकार नरेन्द्र कार्कीले बताउनुभयो ।

साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले छानबिन समितिको फोटो खिच्न रोक लगायो। यो घटनाको सुरुवातदेखि नै मिडियामाथि अंकुश लगाउने काम भइरहेको छ, पत्रकार कार्कीले भन्नुभयो । विहिबार भारततर्फबाट घटनास्थल जादा पत्रकारमाथि हस्तक्षेप भएको थियो ।

बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको थियो। सुरुमा घटनास्थल जानै नदिएको एसएसबीले पछि नेपाली सुरक्षाकर्मीको समन्वयमा जान दिएपनि नेपाल–भारत जोड्ने झोलुगें पुलबाटै पत्रकारलाई क्यामेरा लैजान रोक लगाएको थियो।

भारतीय पक्षबाट बाटोमा समेत रोक्ने र पत्रकारलाई घटनास्थल जान दिने माथिको आदेश छैन भन्दै अवरोध गर्ने प्रयास भएको पत्रकार सुन्दरसिंह धामीले बताउनुभयो । महाकाली तुइन प्रकरणमा क्यामेरा माथि अंकुस लगाउने काम भएको पत्रकारहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?