भारतीय भूमि प्रयोग गरेर आएको भन्दै छानबिन टोलीविरुद्ध मालघाटमा प्रदर्शन

दार्चुला । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् ।

नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्र धामीले पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमिबाट घटनास्थलको निरीक्षणका लागि पुगेकाले प्रदर्शन गरिएको बताउनुभयो । उनीहरूले भारतीय भूमि टेकेर आउने छानबिन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दैन, कालापानी लिपुलेक हाम्रै हो, नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथीको हिंसा बन्द गर जस्ता नारा लगाएका थिए ।

‘टोली दार्चुला पुगेको आज तीन दिन पुगिसक्यो तर हामीसँग अहिलेसम्म भेटघाट गरेको छैन,’ धामीले भन्नुभयो, ‘घटनास्थलको निरीक्षण गर्नलाई भारतीय भूमि प्रयोग गरेकाले हामीले विरोध गरेका हौं ।’ बिहीबार दिउँसो गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली घटनास्थलको निरीक्षणका लागि सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै गएको थियो । स्थानीयले महाकाली वारि नेपाली भूमिमा प्रदर्शन गर्दा टोलीले पारिपट्टि भारतीय भूमिमा निरीक्षण गरिरहेको थियो ।

स्थानियहरुले गरेको नाराबाजी छानविन टोलीले सत्यतथ्य छानविनको लागि दवाबका रुपमा लिएको छानविन टोलीका सदस्य समेत रहनुभएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताउनुभयो । 

घटना स्थलतर्फ गएको टोलि आजै दार्चुला सदरमुकाम खलंगा फिर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?