दार्चुला । आज मार्च २० तारिख, अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा मुख स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाहरूले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।
शुरुमा सेप्टेम्बर १२ तारिखमा मनाइने गरिएको यो दिवस सन् २०१३ देखि मार्च २० तारिखमा मनाउन थालिएको हो । यो वर्ष खुशी मुख, खुशी शरीर नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइएको हो । स्वस्थ हाँसो र आत्मविश्वासको लागि मुख स्वास्थ्य दिवसको महत्व रहेको विज्ञहरु बताउँछन् ।
स्वस्थ हाँसोले जीवनमा धेरै परिवर्तनहरु ल्याउन सक्ने भन्दै स्वस्थ मुख भए मात्र शरीर स्वस्थ रहने र जीवनमा आत्मविश्वास रहिरहने डाक्टरहरुले बताएका छन् । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरीका अङ्गलाई बुझाउँछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




