दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशब दत्त जोशीले साविक बोहरीगाउँ स्वास्थ्य चौकी अन्तरगतका नौँ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पोत्साहन रकम हस्तान्तरण गर्नुभएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएसगै आफुले स्वास्थ्य स्वयमसेविकाहरुलाई ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिदै आएकोमा अहिले वडा अध्यक्षमा निर्वाचित भएपछी १ हजारका दरले प्रोत्साहन रकम दिदै आएको र सोही रकम हस्तान्तरण गरेको वडा अध्यक्ष जोशीले बताउनुभयो ।
आज बोहरीगाउँ स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच नौँ जना स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन रकम हस्तान्तरण गरिएको स्वास्थ्य चौकी प्रमुख कृष्णानन्द पन्तले बताउनुभयो ।
यस्तै आज बोहोरीगाउँ स्वास्थ्य चौकीमा परिवार नियोजन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिएको उहाँले बताउनुभयो ।




