रिठाचौपाता स्वास्थ्य चौकीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धि अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित रिठाचौपाता स्वास्थ्य चौकीमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष एंव रिठाचौपाता स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष बल्देब सिंह बोहराको अध्यक्षता रहेको कार्यक्रममा खोप समन्वय समितिका सदस्यहरु लेकम गाउँकार्यपालिका सदस्य सम्झना धमला, राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका जानकी जोशी, वडा सचिव दिपक धामी, इप्रका चौपाताका इन्चार्ज कैलास भट्ट, रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र जोशी, स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी (सिअहेव पाँचौं) अनिरुद्ध मिश्रले रिठाचौपाता स्वास्थ्य चौकीको कार्यक्षेत्रमा खोप पाउने लक्षित बालबालिकाको संख्या, उनिहरूले पाइरहेको खोपको प्रकारहरु र प्रभावका बारेमा जानकारी गराएको स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र बिष्टले जानकारी दिनुभयो । नेपालमा जन्मेदेखि २ वर्षभित्रमा बालबालिकालाई दिदै आइएको १४ प्रकारका रोगबिरूद्वका सबै खोप लेकम क्षेत्रका बालबालिकाले समेत पाइरहेको सिअहेब मिश्रले बताउनुभयो । खोपले जीवनको रक्षा गर्ने भएको लक्षित समुहका बालबालिकालाई सबै खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

-स्वच्छ जीवन, सुखको आधार-खोप!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?