दार्चुला । दार्चुलामा गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

मैसममा  परीर्वतन आएसंगै जिल्लाका गाम्रीण क्षेत्रदेखी जिल्ला सदरमुकामसम्म भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।

जिल्ला अस्पताल दार्चुलामा अहिले प्रतेक दिन ४० देखी ५० जनाको बिचमा भाइरल ज्वरोका बिरामीहरु उपचारको लागी पुग्ने गरेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका ग्रामीण स्वास्थ्य चैकीहरुमा पनी भाइरल ज्वरोका बिरामीहरुको संख्या बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यसैबिच गाउँहरुमा भाइरल ज्वरोका बिरामीको संख्या बढेपछी मालिकार्जुन र दुहु गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा दिइरहेका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मल्तडीमा भाइरल ज्वरो फैलिदाँ स्वास्थ्यकर्मीले गाउँमै पुगेर  बिरामीहरुको उपचार गरिरहेका छन् । दलित समुदायको बाहुल्यता रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डाक्टर निराजन बोहरा नेतृत्वको टोलीले घरदैलोमा नै खटिएर उपचार गरिरहेको छ । मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिनुभयो ।

वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि सो बस्तीमा पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो। यसैगरी दुहुँ गाउँपालिका वडा नम्बर २ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ। हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर जाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने स्वास्थ्यचौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिंह धामीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?