व्याँसको सुन्सेरा र दुहुँको धारी स्वास्थ्य चौकीमा नसर्ने रोग ‘स्क्रीनिङ’ शिविर संञ्चालन हुने

दार्चुला । दार्चुलाका २ वटा स्वाथ्य चौकीमा नसर्ने रोग परीक्षणको लागि ‘स्क्रीनिङ’ शिविर संञ्चालन हुने भएको छ। जिल्लामा पछिल्लो समय नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले जिल्लाको व्याँस र दुहुँ गाउँपालिकाका एक-एक स्वास्थ्य चौकीमा ‘स्क्रीनिङ’ शिविर संञ्चालन गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तरगत स्वस्थ्य व्यक्तिहरुमा नसर्ने रोगको परीक्षण ‘स्क्रीनिङ’ शिविर संञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

बुधबार (भोलि) व्याँस गाउँँपालिकाको सुन्सेरा स्वास्थ्य चौकी र विहिबार (पर्सी) दुँहु गाउँपालिकाको धारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

शिविरमा रक्तचाप परीक्षण, मधुमेह परीक्षण तथा परामर्श, तौल तथा उचाई, रगतमा बोसोको मात्रा परीक्षण्, दम र श्वासप्रश्वास परीक्षण तथा परामर्श सेवा प्रदान गरिने छ ।
कार्यक्रमले नसर्ने रोग पहिचान र न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?