दार्चुला । दार्चुलाका २ वटा स्वास्थ्य चौकीहरुमा निःशुल्क प्रजनन स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडामा अवस्थित बोहरीगाउँ स्वास्थ्य चौकी र लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित खरकडा स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो।

जसअनुसार बोहरीगाउँ स्वास्थ्य चौकीमा बैशाख ५ र ६ गते तथा लेकमको खरकडा स्वास्थ्य चौकीमा बैशाख ७ र ८ गते शिविर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । शिविरमा महिलाहरुको पाठेघरको समस्या, तल्लो पेट दुख्ने लगायतका समस्याहरुको सेवा र परामर्श प्रदान गरिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?