दार्चुला । नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी भएको छ ।

‘काजु’ नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी २० लाख माथि नागरिकका संवेदनशील डेटा हात पारेको हो ।

डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा राख्‍दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेका उक्त संवेदनशील डेटाहरू बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको उक्त संवेदनशील डेटाको मूल्‍य काजु समूहले ७ हजार अमेरिकी डलर तोकिदिएका छन् ।

ह्‍याकरले चोरी गरेर बेच्न राखिएको शीर्षकमा भनिएको छ, २० लाखभन्दा बढी नेपाली नागरिकको संवेदनशील डेटा अर्थात व्यक्तिगत विवरण बिक्रीमा छ।’पोस्टमा उक्त ह्याकरले महत्व दर्शाउँदै भनेका छन्, ‘म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट मात्रै चलाउनुपर्छ, अनि डेटा स्वतस् डाउनलोड हुनेछ ।

यतिमात्र होइन ह्याकर समूहले नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टललाई मुख्‍य निशाना बनाएको उल्लेख गरेका छन्। जसमा प्रहरीको आधिकारिक वेबसाइटको ठेगाना (यूआरएल) पनि दिइएको छ । जसमा लेखिएको छ नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ।

पोस्टमा ह्‍याकरले नेपाल प्रहरीको बेससाइटबाट लिएको डेटा भने सन् २०२५ कै रहेको भए पनि कुन महिनामा लिएको भनेर उल्लेख गरेको छैन। ह्‍याकरले किन्न चाहने व्‍यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्स को ठेगाना समेत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?