विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहः लटिनाथ मावि चौपातामा अभिमुखिकरण कार्यक्रम

दार्चुला । विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको दोस्रो दिन आज लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने उद्धेश्यका साथ विद्यालयहरुमा जेठ १ गते (हिजो)देखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको र सोहि कार्यक्रम अन्तरगत आज रिठाचौपाता स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको सहभागितामा बालबालिकाहरुमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो ।

रिठाचौतापा स्वास्थ्य चौकीका अहेव अनिरुद्र मिश्रले प्रयोगात्मक विधिबाट विद्यार्थीहरुलाई स्वास्थ्य तथा पोषणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा रिठाचौतापा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिरुद्र मिश्र, नविन भट्ट र भाष्कर अवस्थीको सहभागिता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम अन्तरगत सप्ताहको पहिलो दिन हिजो विद्यालय स्वस्थ्य तथा पोषण सम्बन्धी अभिभावक र विद्यार्थीहरु बिच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

बालबालिकालाई स्वास्थ्य पोषण तथा सन्तुलित आहारबारे जानकारी दिने साथै विद्यार्थीको शैक्षिक विकासमा स्वास्थ्य र पोषणबारे सचेतना जगाउने उद्धेश्यले विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम संचालन सञ्चालन भइरहेको छ। एक सातासम्म संचालन हुने कार्यक्रम अन्तरगत विद्यालयमा सरसफाई, विद्यार्थीको स्वास्थ्य जाँच, पोषण र स्वास्थ्यबारे सचेतनालगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?