लेकम गाउँपालिकाका ३ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित सर्मोली स्वास्थ्य चौकी गराडीमा सुरक्षित गर्भपतन सेवा सुभारम्भ भएको छ ।

यस अघि गाउँपालिकाका २ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेकोमा आजबाट तीन वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएको लेकम गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सिता गुरुङले जानकारी दिनुभयो । बिहिवार (आज) एक कार्यक्रमका बीच सर्मोली स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवाको सुभारम्भ गरिएको स्वास्थ्य चौकीका सिअहेब गणेश दत्त भट्टले बताउनुभयो ।

१० हप्तासम्म दक्ष स्वास्थ्यकर्मीद्धारा औषधिमार्फत सुरक्षित रुपमा गर्भपतन गराउन मिल्ने लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुङले जानकारी दिनुभयो । गत वर्षबाट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रिठाचौपाता स्वास्थ्य चौकी र वडा नम्बर ४ मा रहेको खरकडा स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको थियो ।

लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एंव स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, स्वास्थ्य शाखा संयोजक सिता गुरुङ, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, स्थानीय लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?