बैतडीको झुलाघाट नाका हुँदै फर्किएका एक जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । बैतडीको झुलाघाट नाका हुँदै भारतबाट फर्किएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतका विभिन्न ठाउँबाट फर्केका शंकास्पद नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।भारतको पिथौरागडमा विगत केही समय देखि काम गर्दै आएका बझाङका ४८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयो ।

झुलाघाट नाका हुँदै पिथौरागडबाट घर फर्किनेक्रममा सिमानाकामा एन्टिजेन परिक्षण गर्दा नतिजा पोजेटिभ देखिएको बताइएको छ । कोरोना देखिएका ती व्याक्तीलाई स्वास्थ्यका मापदण्ड अपनाएर घरमा छुट्टै बस्न आग्रह गरेर पठाइएको सूचना अधिकारी लेखकले बताउनुभयो।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा वि।स २०७७ माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको थियो । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि अहिले पनि उक्त हेल्थ डेस्क सञ्चालनमा रहेको छ ।

सुदुरपश्चिमका सिमानाकामा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?