लेकमको लटिनाथ मावि चौपातामा साउन ३ गते बृहत स्वास्थ्य शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपातामा साउन ३ गते बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

मालिकार्जुन अस्पताल प्राली गोकुलेश्वरको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुने मालिकार्जुन अस्पतालका म्यानेजर रामदत्त बिष्टले जानकारी दिनुभयो । शिविरमा निःशुल्क स्वास्थ्य तथा परार्मश सेवा, रक्तचाप,सुगर,ज्वरोको परीक्षण, महिला तथा बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण,निशुल्क औषधि वितरण र स्वास्थ्य जिवनशैली सम्बन्धि परामर्श दिईने म्यानेरज बिष्टले बताउनुभयो ।

शिविर साउन ३ गते विहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुने बताइएको छ । स्वास्थ्य समस्या भएकाहरुलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?