दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क गर्ने जनाएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निःशुल्क परिक्षण र उपचार हुने बताउनुभयो ।

उहांले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यसबाट पछि नहट्ने प्रष्ट पार्नुभयो ।सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निःशुल्क परिक्षण र उपचार हुने मुख्यमन्त्री भट्टको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले आतंकित नभई स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य सतर्कता अपनाएर चाँडपर्व मनाउन प्रदेशबासीमा आग्रह गर्नुभयो ।यसअघि अरु प्रदेश सरकारहरुले पनि संक्रमितको निशुल्क उपचार र परीक्षण जारी राख्ने जनाएका थिए ।गत आइतबार मात्र संघीय सरकारले संक्रमित आफैले पीसीआर परिक्षणदेखि उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?