विश्वभर तीन करोड १४ लाख संक्रमणमुक्त, ११ लाख ४८ हजारको मृत्यु

विश्वभर हालसम्म कोरोना भाइरस निको हुनेको संख्या तीन करोड १४ लाख नोघेको छ । शनिबार बिहानसम्ममा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड १४ लाख १७ हजार पाँच सय ३१ पुगेको हो ।

हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड २४ लाख ६२ हजार नौ सय ५७ पुगेको छ । संक्रमितमध्ये ११ लाख ४८ हजार ६ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५६ लाख ९८ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख २९ हजार दुई सय ८४ पुगेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७८ लाख १३ हजार नाघेको छ । संक्रमितमध्ये ७० लाख १३ हजार निको भइसकेका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नौ सय ९२ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ५३ हजार आठ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख पाँच हजार चार सय ८८ जना निको भइसकेका छन् भने आठ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?