अफगानिस्तानको राजधानीमा आत्मघाती बस विस्फोट, १८ को ज्यान गयो

दार्चुला । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो ।

सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् ।

आक्रमणका घाइते भएका कैयौँलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।

आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, ’एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रको भवनभित्र पस्ने कोसिस गरे । सुरक्षाकर्मीहरुले उनको पहिचान गरेपछि उनले ढोकामा नै विस्फोट गराए ।’

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएको जानकारी दिनुभयो । आक्रमणको समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढोकाबाहिर उभिएका थिए । उहाँले भन्नुभयो, ’शक्तिशाली विस्फोट हुँदा म त्यहाँबाट झण्डै एक सय मिटरको दुरीमा थिएँ ।’

पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ । धेरैजसो आक्रमण तालिबानले गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?