सामसङ अध्यक्ष लीको ७८ वर्षको उमेरमा निधन

दार्चुला । सामसङ कम्पनीका अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

लीले बीमा र शिपिङ जस्ता क्षेत्रमा विविधता ल्याउनका लागि आफ्नो पिताको सानो व्यापारिक व्यवसायलाई एक आर्थिक पावरहाउसको रुपमा विकसित गर्न सहयोग गर्नुभएको थियो ।

लीको जीवनकालका क्रममा सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो टेक फर्म बन्यो ।

फोर्ब्सका अनुसार ली २१ बिलियन अमेरिकी डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति हुनु हुन्थ्यो ।

लीको आफ्नो निवासमा निधन भए पनि निधनको कारण के हो भन्नेबारेमा बताइएको छैन ।

सामसङले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘सामसङ उनको यादलाई सजाएर राख्नेछ र उनीसँग साझा गरिएको यात्राका लागि आभारी छौँ ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?