दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

दुहुँ गाउँपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि उक्त क्षेत्रका ५१ जना कन्टेक्ट टे«सीङमा परेका थिए । जस मध्ये ३९ जनाको रिर्पाेट हिजो नेगेटिभ आएको थियो भने बाकि १२ जना मध्ये आज दुई जनाको कोरोना रिर्पाेट पोजेभिट आएको र १० जनाको नेगेटीभ आएको उहाँले बताउनुभयो ।

शनिबार कन्टेक्ट टे«सीङमा परेका चार वर्षिय बालिका र १९ वर्षिय एक जना पुरुषमा गरी दुई जनामा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यो संगै दार्चुलामा कोरोना संक्रमितहरुको संख्या २ सय ५९ पुगेको छ ।

तीमध्ये सबैभन्दा बढी महाकाली नगरपालिका १ सय ६४ जना, मार्मा गाउँपालिकाका ४४, शैल्यशिखर नगरपालिकामा १९, दुहुँ गाउँपालिकाका १५, मालिकार्जुनमा ७, ब्यास र लेकम गाउँपालिकामा  ५/५ कोरोना संक्रमित रहेका छन् ।

तीमध्ये जिल्लाभरी २ सय १ जना निको भएका छन् भने ५८ जना सक्रिय संक्रमित रहेका छन् । हाल जिल्लाको महाकाली नगरपालिका ५०, दुहुँ गाउँपालिकामा ५ र ब्यास गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?